२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पुनरावेदन सुनुवाइ पेशी आज



फाईल फोटो
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आज तोकिएको छ।

सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा उजुरी दर्ता गराएका थिए । सोहि पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो।

यसअघि दुई पटक पेशी तोकिए पनि दुबै पटक पेशी रोकिएको थियो । पहिलो पेशी सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

बलात्कारको आरोपमा असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। सन्दीप हाल केन्द्रीय कारागारमा रहेका छन् ।

पछिल्लो समय उनको न्यायको लागि क्रिकेटर शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा आवाज उठाएका छन् ।