१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काँग्रेसले भन्योः वर्तमान सत्ता गठबन्धन अवसरवादी हो(भिडियोसहित)

काँग्रेसले भन्योः वर्तमान सत्ता गठबन्धन अवसरवादी हो(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सिमित रहेको बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यस गठबन्धनको आयु लामो समय नटिक्ने दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाउनु भयो ।

उहाँले अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन पन िआग्रह गर्नुभयो । प्रवक्ता महतले प्रधानमन्त्री दाहालले गठबन्धन तोडेपछि नेपाली काँग्रेस सन्तुष्ट नरहेको पनि बताउनु भयो । उहाँले काँग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धन सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिनुभयो । प्रवक्ता महतले वर्तमान गठबन्धनमा पदीय चाहना बाहेक विचार, दृष्टिकोणमा एकता नरहेको आरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार काम गर्ने भन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप लगाउनु भयो । प्रवक्ता महतले जनमतको आधारमा नेतृत्व नहुने परिवेश सिर्जना भएको भन्दै आगामी दिनमा यसको गम्भीर छलफल हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डजी किन गठबन्धनलाई छोडेर नेतृत्व प्राप्तिका लागि जानुभयो, यो विषय आगामी दिनमा बिस्तारै विश्लेषण भइरहेको छ । यसबाट आउने परिणाम र यसले पार्ने असरका बारेमा मूल्यांकन भइरहेको छ । नेपाली काँग्रेस कतै विचलित भएको छैन । हामीले गठबन्धनलाई नै निरन्तरता दिने कोशिष गरेका थियौँ । हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली काँग्रेस पार्टी खुशी छैन ।’

‘नेपाली काँग्रेसले नेतृत्व छोडेर नेतृत्व प्रचण्डजीलाई दिएर गठबन्धन बचाउने बारेमा हामीले छलफल गरेर सोच्ने र निर्णयमा पुग्ने समय प्राप्त भएन । हामीले निर्वाचनमा जाँदा गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिवद्धता गरेका थियौँ । त्यो प्रतिवद्धताबाट हामी हटेका होइनौँ, प्रचण्डजी हट्नुभयो । वैकल्पिक गठबन्धनको सरकार बनेको छ, यो अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ ।’

‘त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर राजतन्त्र कुनैपनि हालतमा हुँदैन, गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेदेखि संघीयता चाहिन्छ, चाहिँदै चाहिँदैन भन्नेदेखि विभिन्न स्वरुपका पार्टीहरु एक ठाउँमा पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ, विचार, दृष्टिकोणमा एकता छैन, कुन दलले ठूलो जिम्मेवारी प्राप्त गर्ने भन्ने अवस्थामा रुमल्लिएको छ । नो नट अगेन जस्तो नारा लिएर आउनेहरु पनि उहाँहरुको प्रतिष्पर्धा सत्ता गठबन्धनमा रहेर कुन पदमा बस्ने भन्नेमा सिमित छ । कन्टेन भन्दा देखाउने कुरामा ज्यादा केन्द्रित भएको छ । यो गठबन्धनको सरकारको बिरोधाभाषपूर्ण अवस्था छ । त्यो बोझबाट नै यो गठबन्धनको आयु छोटिनसक्ने प्रशस्त सम्भावनाहरु छन् ।’

प्रवक्ता महतले आगामी दिनमा नेपाली काँग्रेस सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रश्तुत हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली काँग्रेस पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षको रुपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताउनु भयो । आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि बताउनु भयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै काँग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि काँग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताउनु भयो । काँग्रेसले पुस २८ गते १ बजेका लागि केन्द्रिय समितिको बैठक बोलाएको छ ।