११ श्रावण २०८३, सोमबार
,
Latest
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारिश्रमिकको विषयले टि–२० लिगमा झमेला, म्याच फिक्सिङसम्मको प्रश्ताव



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतिक्षति प्रतियोगिता काठमाडौंमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेल मध्येको २१ खेलमा खेलाडीले पारिश्रमिकको माग राख्दै बिरोध गरेपछि खेल निर्धारित समय भन्दा केही घण्टा पछि धकेलियो । पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको बेला काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको बताउनुभएको छ ।

पारिश्रमिको विषयलाई उठाउँदै खेलाडी बिरोधमा उत्रिएपछि मंगलवार तय भएको काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीचको खेल शुरु हुनुअघि खेलाडीहरु बिरोधमा उत्रिए । खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै बिरोध गरेपछि निर्धारित समयमा खेल शुरु हुन सकेको थिएन । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) ले पारिश्रमिकको सुनिश्चिताको जिम्मा लिएपछि खेलाडी खेल्न राजी भएका थिए ।

क्यानको बहुप्रतिक्षित प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा चलिरहँदा नेपाल टी–२० लिगमा धेरै प्रश्नहरु उब्जिएका छन् । विवादपछि सुचारु भएको खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका सदस्य समेत रहेका काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको बताउनु भयो । कप्तान मल्लले फिक्सिङ नै भएको भन्न नसक्ने बताउँदै कुनै ठाउँबाट टिमको एक खेलाडीमा प्रश्ताव आएको तर त्यो विषयमा आइसिसीको एन्नटी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको बताउनु भयो ।

सञ्चालनमा आइरहेका सबै फ्रेन्चाईज लिगलाई बन्द गर्दै क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरुले मैदानबाटै माग राखेको छन् । मंगलवारको खेल सुचारु हुनपूर्व क्यान पदाधिकारीले खेलाडीलाई आश्वासन दिँदै मैदान प्रवेश गर्न आग्रह गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्लले टिम व्यवस्थापन र आयोजकसमक्ष पारिश्रमिकको माग क्यानसँग राखेको र बुधवारसम्म पारिश्रमिक दिलाउने आश्वासनपछि सहमति भएको बताउनु भयो ।

विराटनगर तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताउनु भयो । पौडेलले बुधवारसम्म नेपाली र विदेशी सबै खेलाडीले पूरै पारिश्रमिक पाउने प्रतिवद्धता प्राप्त भएको पनि जानकारी दिनुभयो । प्रतियोगिता बापतको परिश्रमिकको विषयमा खेलाडीले मैदानमा नै माग राख्नुले खेलाडीको क्रिकेट खेल्ने भावनामा ठेस लाग्ने बताउनु भयो । पौडेलले यस्तो सम्मस्या आगामी खेलअघि नै समाधान हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

खेलअघि खेलाडीले मैदानबाटै पारिश्रमिकको माग गर्नुले क्यानले आयोजना गरेको लिगको फितलोपन उजागर भएको छ । साथै आयोजकको जिम्मेवारी के कति हो भन्ने पनि प्रश्न उब्जिएको छ । आयोजनाको जिम्मा सेभेन थ्री स्पोट्र्सलाई दिने/नदिने भन्ने विषयमा क्यान भित्रै खेमा बनिरहेको छ ।

विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिका अगावै स्वदेश फर्किनु, परिश्रमिक सहमति अनुसार उपलब्ध नहुनले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका हुन् । पारिश्रमिकको विषय सहभागि क्लवका मालिक र क्यानले समयमा नै समाधान नगरे थप पेचिलो हुने निश्चत छ ।