२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले जागिर लम्ब्याएसँगै सेनाका उपरथी शाही नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । सैनिक प्रहरी गणले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएको छ । अदालतले सेवाअवधि एक वर्ष थपेपछि हाजिर हुन जंगी अड्डा जाने तयारीमा रहेका शाहीलाई सेनाले नियन्त्रणमा लिएको हो ।

आफ्नो पदावधि अझै एक वर्ष बाँकी रहेको दाबी गर्दै शाहीले नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरुद्ध यही पुस ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले उनको पक्षमा आदेश दिएपछि हाजिर हुन जंगी अड्डा जाने तयारीमा रहेका उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो ।

विगतमा परेका केही उजुरीको विषयमा छानबिन गर्नुपर्ने भएकाले उपरथी शाहीलाई ‘भित्रै बस्न’ निर्देशन भएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार अदालतको आदेश एउटा पाटो भए पनि उहाँ विरुद्ध परेका उजुरीका विषयमा छानबिन गर्न बाँकी छ ।

उपरथी शाहीमाथि ‘आर्थिक अनियमितता’ गरेको आरोप लागेको बताइएको छ । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिने शाहीको शैक्षिक प्रमाणपत्रमा दुई प्रकारको उमेर देखिएको थियो ।

सैनिक मुख्यालयको अभिलेखअनुसार यही पुस २० गते उनी अनिवार्य अवकास हुँदैछन् । अवकाशको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनी बिदामा समेत बसेका थिए । तर यही बेला सर्वोच्चले उनको सेवावधि एक वर्ष लम्बिने गरी आदेश दिएको थियो ।