२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्योलबीच टी-२० लिग सुचारु, पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति



अ+ अ-

काठमाडौं । खेलाडीहरूको असन्तुष्टिका कारण अवरुद्ध भएको नेपाल टी–२० लिग अन्तर्गतको आजको खेल पुनः सुचारु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीचको लामो छलफलपछि निर्धारित समयभन्दा दुई घण्टा ढिला म्याच सुरु भएको हो । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।

तालिकाअनुसार मंगलबार बिहान ८:३० मा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच टस हुनुपर्ने थियो । तर, दुबै टोलीका खेलाडीहरूले टस गर्न नमानेपछि खेल ढिला भएको हो ।

खेल अवरुद्ध भएपछि क्यानको तर्फबाट महासचिव प्रशान्तविक्रम मल्लले खेलाडीहरूसँग वार्ता गरेका थिए । क्यानले भरेसम्ममा पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको बताईएको छ । महासचिव मल्लले खेलाडीसँग भएको सहमतिबारे केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

सहमतिपछि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ९ ओभरमा छोट्याइएको छ । यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।

पोखरा एभेन्जर्सबाहेकअहिलेसम्म कुनै पनि टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको बताइएको छ ।