२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपना सहकारीद्वारा १२ लाख ८१ हजार मुनाफा, सदस्यहरुको निरन्तर विश्वास



अ+ अ-

काठमाडौंः कोभिड–१९ का कारण देशमा उत्पन्न विषम आर्थिक स्थितिमा पनि सपना बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा १२ लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

संस्थाको २५औं साधारण सभामा सहकारीका अध्यक्ष प्रज्वल थान्जुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्जित मुनाफाबाट आयकर बापत रु. १ लाख ४८ हजार तथा रु. ११ लाख ३३ हजार संस्थाका विभिन्न कोषमा बाँडफाँड गरिएको बताउनुभयो ।

कूल रु. २ करोड ९ लाख शेयर पूँजी रहेको संस्थाले गत आर्थिक वर्ष २०७८–७९ मा रु. १७ करोड ७९ लाख ८८ हजार निक्षेप संकलन गरेको थियो भने रु. १३ करोड ३५ लाख ८८ हजार सदस्यहरुमाझ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले हायरपर्चेज, घरजग्गा, व्यापार, सेवा, व्यक्तिगत, कृषि तथा पशुपंक्षी जस्ता क्षेत्रमा कर्जा प्रवाह गरेको जनाएको छ ।

निक्षेपतर्फ संस्थाले आवधिक, बचत, क्रमिक बचत, दैनिक बचत, बचत प्लस (विशेष बचत) कार्यक्रम मार्फत् निक्षेप संकलन गरेको थियो ।

संस्थाले कर्मचारीतर्फ रु. ३० लाख, कार्यालय संचालनतर्फ रु. २६ लाख ८५ हजार, व्याज खर्चतर्फ रु. १ करोड ९४ लाख, आम्दानीतर्फ रु. २ करोड ६४ लाख ३२ हजार गरेको जनाएको छ ।

साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक चिरञ्जीवी घिमिरेले लेखा सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै खर्चमा मितव्ययिता अनपाएर लगानीकर्तालाई बढी भन्दा बढी प्रतिफल दिन प्रयास गर्नुपर्ने, कर्मचारीको वृत्ति विकासका लागि तालिमको व्यवस्था गर्नुपर्ने, संस्थाले खरिद गरेको नयाँ भवनलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउनु पर्ने तथा निक्षेपलाई दिगो बनाइ राख्नका लागि दिर्घकालीन रणनीति तय गर्नुपर्ने बताउनुभयो ।

सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनमा संस्थाले आफ्ना कुनै सदस्यलाई कूल पूँजीको १० प्रतिशतमा नबढाई ऋण प्रदान गर्नुपर्नेमा संस्थाको शंसोधित विधानको व्यवस्था बमोजिम आफ्ना सदस्यहरुलाई ऋण प्रदान गरेको उल्लेख छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र अर्यालले देशको वित्तीय क्षेत्रमा आएका उतारचढावको असर सहकारीका कृयाकलापमा पनि परेको जनाउँदै संस्थाका आम सदस्यहरुको विश्वासका कारण संस्थाले निरन्तर प्रगति गरिरहेको बताउनुभयो ।