९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात चम्किलो बनाउन अप्नाउँनुहोस् यी ५ तरिका



अ+ अ-

१) काँचो दूध : हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ ।

२) कागती :  कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ ।

३)  गोलभेँडाको रस :  गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ ।

४)  आलुको रस :  काँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ ।

५)  बेसन :  चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ ।

(एजेन्सीको सहयोगमा)