५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ लुगा लगाउँदा ध्यान दिनुहोस्, शरिरमा एलर्जी हुनसक्छ !



अ+ अ-

काठमाडौँ । तपाई भरखर किनेर ल्याएको लुगाले तपाईको स्वास्थ्यलाई हानि गर्न सक्छ । हामीले लगाउने नयाँ लुगाले शरीरमा हानीकारक विषादी प्रवेश गराउँछौँ भन्ने कुराको खुलासा भएको छ ।

हालै गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।

स्टोकहोम युनिवर्सिटीद्वारा गरिएको अनुसन्धानले नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरीरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गरेको देखाएको छ । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरु कपडा धुँदा समेत नजाने उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ताहरुले भनेका छन् कि जैविक कटनबाट बनेका कपडामा पनि विषादीयुक्त हुने ग्यारेन्टी हुँदैन । अनुसन्धानकर्ताहरुले स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट लिइएको ६० वटा कपडाको नमूना परीक्षण पछि यो निस्कर्ष निकालेका हुन् ।

उनीहरुले प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त रहेको बताएका छन् । उनीहरुले भनेका छन् , यो केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुन्छ । यति मात्रै होइन वातावरणलाई समेत असर पार्न सक्छ । (एजेन्सीको सहयोगमा)