३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी



अ+ अ-

काठमाडौँ । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति बरिष्ठ कलाकार रामचन्द्र अधिकारी बन्नुभएको छ ।

उहाँले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको रु. ४६,६००/- पौष १३ गते बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गर्नुभयो । सो कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, बरिष्ठ संचारकर्मी तथा निर्देशक दिनेश डिसी, चर्चित नायिका पुजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिती थियो ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नुभएका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याईएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो । बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भईसकेको छ भने परिचयपत्र प्राप्त गर्नुभएका कलाकार हरि प्रसाद रिमाल, लेखकरनिर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भईसकेको थियो ।

चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा रु। ६५,०००/- र भर्ना नभई उपचार गर्नुपर्दा रु. ३५,०००/- सम्म गरी जम्मा रु. १,००,०००/- प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गर्नुभयो । बीमा गरेको ६-७ महिनामा बल्ल एकजनाले दाबी गर्नुभएको बताउँदै भण्डारीले थोरै नै रकम भएपनि दाबी पेश गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने बताउनुभयो ।

बीमा रकम प्राप्त गर्दै कलाकार अधिकारीले चलचित्र विकास बोर्डलाई धन्यवाद व्यक्त गर्नुभयो । “चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकुन्”, चेक बुझ्दै अधिकारीले भन्नुभयो, “हाम्रो दुख बुझ्ने कलाकार नै अध्यक्षको रुपमा आउनुभएको छ । हामीलाई अझै धेरै भरोषा पलाएको छ” ।

बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भएपनि यो एउटा सुरुवात भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन । यति रकमले त केहि पनि हुँदैन यद्यपी यो एउटा सुरुवात हो । यो भन्दा ठुला घटना भईहाले पनि त्यसमा केहि गर्न सकौँ भनेर बोर्ड सँधै संवेदनशिल छ” । अध्यक्ष केसीले राष्ट्रिय बीमा कम्पनीलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।