२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य



फाईल फोटो
अ+ अ-

बेइजिङ । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ।

चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ ।

चिनियाँ कुटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक छैन । उनीहरुले भन्सार कार्डमा आफ्नो स्वास्थ्य अवस्थाको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

असामान्य स्वास्थ्य अवस्था घोषणा वा ज्वरोको लक्षण भएका व्यक्तिहरूले भन्सारमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । उनीहरूलाई स्वास्थ्य अवस्था हेरेर निको नहुञ्जेलसम्म घरमै एकान्तमा बस्न वा अस्पतालमा उपचार गर्न सल्लाह दिइने बताइएको छ ।