७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्न अघि जानीराख्नुस् विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८४ पैसा तोकिएको छ ।  कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ १४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ४७ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ८४ पैसा रहेको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ८१ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ०७ पैसा तोकिएको छ।