७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

काठमाडौं । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो । यो सेवाबाट १०३८ जना लाभान्वित भएका थिए । शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस (रिफर) गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेका १३ विशेषज्ञ चिकित्सक र प्राविधिकले सेवा पु¥याएका थिए । शिविरमा स्वास्थ्य सञ्चालनबाट स्थानीय बासिन्दा लाभान्वित भएको र आगामी दिनमा पनि निरन्तरको अपेक्षा गरेको गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा र उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो ।

रोटरी क्लब अफ नक्साल, नेपालगञ्ज मेडिकल कजेल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र साईपाल गाउँपालिकाको सहकार्य तथा गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाको सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो ।

शिविरमा राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराई, रोटरी क्लब अफ नक्सालका लुना शर्मा अर्याल लगायतका व्यक्ति पनि सहभागी हुनुभएको थियो ।रासस




भर्खरै