२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दलको नेता बालकोटमा, सरकार गठनबारे छलफल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले पाँच दलका शीर्ष नेताहरु सरकार गठनबारे छलफलमा व्यस्त हुनुहुन्छ ।

सत्ता गठबन्धनबीच शक्ति बाँडफाँटमा सहमति हुननसकेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकस्थल बालुवाटारबाट सोझै बालकोट पुग्नुभएको थियो ।

अहिले बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच सरकार गठनबारे छलफल भइरहेको छ ।

नयाँ गठबन्धनबीच भएको छलफलमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका अध्यक्ष रवि लामिछाने र जसपाका नेता अशोक राई सहभागी हुनुहुन्छ ।

सरकार गठन गर्न यी पाँच दलबाट आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ । सरकारको नेतृत्व कसले गर्ने र सरकारमा कुन कुन दल सहभागी हुने भन्नेबारे छलफल भइरहेको बुझिएको छ ।

संसद्मा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४ र जसपाको १२ सिट रहेको छ । प्रतिनिधिसभामा कुल २७५ सिटमध्ये पाँच दलको १५६ सिट पुग्छ । यो बहुमतको सरकार ९१३८ सिट आवश्यक० बनाउन पर्याप्त सिट संख्या हो ।