३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेवाः छेः कास्कीमा १२ सयलाई झ्वः भ्वय

नेवाः छेः कास्कीमा १२ सयलाई झ्वः भ्वय
अ+ अ-

पोखरा । पोखरा ३ नेवाः छेः (नेवार घर) मा शनिबार दिनभर भोज चल्यो । भोजमा अधिकांश नेवार समुदायका व्यक्ति हुनुहुन्थ्यो । केही सङ्ख्यामा अन्य समुदायका पाहुनालाई आमन्त्रण गरिएको थियो ।

उहाँहरुलाई झ्वः भ्वय नेवारी सांस्कृतिक भोजमा निम्तो दिइएको हो । छेः को तल्लो हलको चारैतर्फ विछ्याइएको चकटीमाथि बसेर पाहुनाले टपरीमा नेवारी खाना खाइरहनुभएको थियो । पाहुनाकै बीचमा बसेर मिष्ठान्न भोजन गरिरहनुभएको थियो शिक्षण पेसामा आवद्ध उपेन्द्र पौडेल । विद्यालय विदा भएकाले उहाँ नेवार साथीको निमन्त्रणामा त्यहाँ पुग्नुभएको थियो ।

पलेँटी कसेर खाना खानुभएका पौडेलले फरक अनुभव लिएको प्रतिक्रिया दिनुभयो । कतिपय परिकार पहिलो पटक खाँदा मीठो लागेको उहाँको भनाइ थियो । “नेवारी समूदायका लागि सामान्य होला तर म ब्राह्मण भएर यो भोजमा आउँदा विशेष अनुभव लिएको छु,” उहाँले भन्नुभयो, “हाम्रोमा लप्सीको झोल खाने चलन हुँदैन । अनि यहाँ मेथीको अचार खान पाउँदा निकै मज्जा आयो ।”

भोजमा सहभागी पर्वतका बीरेन्द्र गुरुङले पनि नेवारी परिकार खान पाउँदा नौलो अनुभव लिएको बताउनुभयो । उहाँले समूहमा बसेर नेवारी परिकार पहिलो पटक खाएको प्रतिक्रिया दिनुभयो । “मेरा लागि यो फरक अनुभव भयो । धेरै पटक नेवारी परिकारको बारेमा बयान मात्र सुन्थे आज खाएरै अनुभव लिइयो,” उहाँले भन्नुभयो, “नेपालमा विभिन्न जातजाति छन्, उनीहरुका आ–आफ्नै परिकार छन् यसरी ती खानाको आदानप्रदान हुनु जरुरी छ ।”

पौडेल र गुरुङलाई जस्तै करिब एक हजार दुई सय पाहुनालाई नेवारी परिकार चखाउने चाजोपाजो नेवाः मिसा पुचः कास्कीले मिलाएको थियो । नेवाः खल कास्कीको आह्वानमा झ्वः भ्वय नेवारी सांस्कृतिक भोज आयोजना गरिएको कार्यक्रम संयोजक मोहीनी श्रेष्ठले जानकारी दिनुभयो ।

बढ्दो आधुनिकतासँगै परम्परागत मौलिक खानाका परिकार तथा मौलिक भोजको परम्परालाई पार्टीले विस्थापन गर्न लागेकाले खाना संस्कृति जगेर्ना गर्न भोजको आयोजना गरेको श्रेष्ठले बताउनुभयो । भोजमा सबै उमेर समूह र सबै समुदायको उपस्थिति भएको उहाँले जानकारी दिनुभयो ।

नेवारी समुदायमा झ्वः भ्वयको आफ्नै महत्व रहेको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । ‘झ्व’ भन्नाले मिलेर लस्करै बस्ने भन्ने अर्थ लाग्दछ भने ‘भ्वय’को अर्थ भोज रहेको उहाँले बताउनुभयो । यसरी लामो सुकुलमा लहरै बसेर टपरीमा खाने भएकाले यस भोजलाई झ्वः भ्वय भनिने उहाँको भनाइ थियो ।

यस भोज वैज्ञानिक दृष्टिकोणलेसमेत महत्व रहेको अध्यक्ष पालिखेले जानकारी दिनुभयो । यसमा प्रोटिनका लागि मासु, गेडागुडी, कार्बोहाइड्रेटका लागि चिउरा, आलु, भिटामिनका लागि हरियो साग, काउली, दही, एसिडिटीका लागि लसुन, कफका लागि अल्कोहल, प्रेसरका लागि मेथी, पाचनका लागि अमिलोको झोल राखिने उहाँले जानकारी दिनुभयो ।

यी परिकार राख्ने पनि एक नियम हुन्छ । सुरुमा सालको पातको लपेस ९टपरी० मा चिउरा, लसुन, अचार, तखाला, सङाखु (एक प्रकारको मासुको परिकार) राखेर सुरुवात गर्ने अध्यक्ष पालिखेले सुनाउनुभयो । भोज खान सुरु गरेपछि मासुसँगै मुलाको अचार, गोल्भेडाको अचार, केराउ, सिमि, आलु काउली, रक्सी दिने गरिन्छ ।

दोस्रो पटक मेथी, भुटन, र अमिलोको झोल राख्ने गरिन्छ । तेस्रो पटक दही र सिसापुसा ९सलाद० राखेपछि भोज सकिने उहाँले जानकारी दिनुभयो । मौलिकपनाको जगेर्नाले मात्र संस्कृति जीवन्त रहने भएकाले कार्यक्रम आयोजना गरिएको नेवाः मिसा पुचः कास्की अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो । हरेक जातजातीले आफ्नो संस्कारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका लागि पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको थियो । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको कार्यक्रममा अन्य व्यक्ति तथा सङ्घ संस्थाले पनि साथ दिएको अध्यक्ष श्रेष्ठले जानकारी बताउनुभयो । यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उहाँको प्रतिबद्धता छ ।