५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत, के कांग्रेसले सरकार बनाउला ?



अ+ अ-

सुर्खेतः कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन हुनु भएको छ । प्रदेश सभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो ।

शाही हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित हुनु भएको थियो । उहाँ अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । शाहीलाइ नै प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

कूल ४० प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा प्रत्यक्ष तर्फ नेका र माओवादी केन्द्रले ९, ९ तथा नेकपा एमालेले ५ स्थानमा तथा स्वतन्त्र एक जना विजयी भएका छन् । त्यस्तै समानुपातिक तर्फ नेकपा एमालेबाट ५, नेपाली कांग्रेसबाट ५, नेकपा माओवादी केन्द्रबाट ४ जना, एकीकृत समाजवादी र राप्रपाबाट १, १ जना निर्वाचित भएका छन् ।

वर्तमान सत्ता गठबन्धनमा नेकाको १४, माओवादी केन्द्रको १३ र एकीकृत समाजवादीको १ सदस्य रहेका कारण सरकार गठनमा सहज देखिन्छ । नेकपा एमालेको १०, राप्रपाको १ र एक जना स्वतन्त्र रहेका छन् ।