१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत, के कांग्रेसले सरकार बनाउला ?



अ+ अ-

सुर्खेतः कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन हुनु भएको छ । प्रदेश सभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो ।

शाही हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित हुनु भएको थियो । उहाँ अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । शाहीलाइ नै प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

कूल ४० प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा प्रत्यक्ष तर्फ नेका र माओवादी केन्द्रले ९, ९ तथा नेकपा एमालेले ५ स्थानमा तथा स्वतन्त्र एक जना विजयी भएका छन् । त्यस्तै समानुपातिक तर्फ नेकपा एमालेबाट ५, नेपाली कांग्रेसबाट ५, नेकपा माओवादी केन्द्रबाट ४ जना, एकीकृत समाजवादी र राप्रपाबाट १, १ जना निर्वाचित भएका छन् ।

वर्तमान सत्ता गठबन्धनमा नेकाको १४, माओवादी केन्द्रको १३ र एकीकृत समाजवादीको १ सदस्य रहेका कारण सरकार गठनमा सहज देखिन्छ । नेकपा एमालेको १०, राप्रपाको १ र एक जना स्वतन्त्र रहेका छन् ।