३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुदूरपश्चिममा भुवा पर्वको रौनक

सुदूरपश्चिममा भुवा पर्वको रौनक
अ+ अ-

अत्तरिया । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्वको रौनक छाएको छ । हरेक वर्ष पुसमा भुवा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ ।

हातमा तरवार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, डोटी र बझाङमा मनाउने गरिन्छ । केही वर्षयतादेखि पहाडबाट तराई बसोबास गर्दै आएकाहरुले पनि तराईमा भुवा पर्व मनाउन थालेका छन ।

भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषले सेतो लुगासहित जामा, पछाडि हातदेखि खुट्टासम्म पुग्ने गरी पिठ्यूमा एउटा सेतो चादर पहिरनु पर्छ । टाउँकोमा पगरी बाँध्नुपर्छ । बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनानुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । यो खेलमा १६ वटा चाल वा लय र ६३ कवच हुन्छ ।

पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाएको दिनका रुपमा यो पर्व मनाइन्छ । “बाजा र खेल्नेको ताल मिल्नुपर्छ, यो युद्धकालीन कला पनि हो खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ, यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास छ, पछिल्लो समय युवाहरुमा यो खेलप्रतिको चासो नहुँदा यसको महत्व घट्दै गएको छ”, डोटीका हिक्मत भण्डारीले भन्नुभयो ।

भुवा खेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ । पहिले राजा र रजौटाले आफ्ना भाइ भारदारलगायत जनतालाई आत्मरक्षाका लागि खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरबार खेल्न सिकाउन भुवा खेलाउने गरेको बुढापाकाको भनाइ छ ।

भुवा पर्वमा विशेषगरी विभिन्न धार्मिक आस्था समेटिएका मागल गाउनका साथै जीवन चक्रसँग तथा माया प्रेम र पेसासँग सम्बन्धित विभिन्न मागल गाउँदै मनाइने र उक्त मागलको आफ्नै मौलिकता हुने ज्योतिष हरिभक्त जोशी बताउनुहुन्छ ।

आफ्नो छुट्टै मौलिकता रहेको भुवा पर्व संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा रहेको प्रेम शाहले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “पहिला पहिला गाउँभरिका सबै एकै ठाउँमा जम्मा हुन्थ्यौँ, दुःखसुख साटासाट गरिन्थ्यो, गाउँमा गर्नुपर्ने महत्वपूर्ण निर्णय पनि सबै भेला भएको अवसरमा गरिन्थ्यो ।”

उहाँका अनुसार अहिले विस्तारै आधुनिकता भित्रिन थालेपछि युवाले यसप्रति वेवास्ता गरेकाले भुवा पर्व लोप हुने अवस्थामा पुगेको छ । “अब अहिले विस्तारै सबैले यसलाई भुल्दै गए, कुनै दिनमा इतिहासमा मात्र सीमित होलाकी भन्ने चिन्ता लागेको छ”, उहाँले भन्नुभयो ।
पुरुषको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाले पनि हातमा ढाल तरबार लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुुराबासीले दसँै तिहारभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठोमसिनो पकाएर खाने र भगवान कृष्ण, स्वर्गका राजा इन्द्र तथा पाण्डव र गौरवको गाथा गाउने प्रचलन रहेको छ ।