१० श्रावण २०८३, आईतवार
,
Latest
सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम करन आइपिएलकै महँगा खेलाडी बने



अ+ अ-

एजेन्सी । इंग्लिस अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक महँगो मूल्यमा बिक्री भएका छन् ।

भारतको कोचीमा जारी मिनी अक्सनमा इंग्ल्यान्डका युवा साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारूमा टिममा भित्र्याएको हो । यो मूल्य आइपिएलकै सबैभन्दा महँगो मूल्य हो ।

यसअघि आइपिएल अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारूमा किनेको थियो ।

यसअघि रिटनेमा रोयल च्यालेन्जर्स बेंगलोरले २०१८ मा विराट कोहलीलाई १७ करोड भारूमा रिटेन गरेको थियो । २०२२ मा लखनउले लोकेश राहुललाई १७ करोड भारूमै किनेको थियो । १७ करोड माथि मूल्य पाउने करन पहिलो खेलाडी समेत हुन् ।

युवा अलराउन्डर साम करनले यसअघि पन्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट आइपिएल खेलिसकेका छन् ।