३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बोल्नै नसक्ने अवस्थामा बाल गायक सचिन परियार, टिचिङको आईसीयूमा उपचार जारी

बोल्नै नसक्ने अवस्थामा बाल गायक सचिन परियार, टिचिङको आईसीयूमा उपचार जारी
अ+ अ-

काठमाडौँ । कुनैबेला सामाजिक सञ्जाल र युट्युबमा निक्कै नै चर्चामा रहेको नाम हो सचिन परियार । नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म उनलाई प्रयोग गराइएको थियो ।

एकाएक सामाजिक सञ्जालबाट हराएका सचिन अहिले सिकिस्त बिरामी रहेको खबर सार्वजनिक भएको छ । उनको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको जानकारी पाउनासाथ इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले थप आर्थिक सहयोगको आवस्यकता रहेको उल्लेख गर्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।

गुल्मीका सचिन केही समय सामाजिक सञ्जालमा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको ताँती नै लाग्यो ।
पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिन युट्युबमा मात्रै नभई ‘टिकटक’मा पनि चर्चित बने ।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन् । बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् ।

सचिन बिरामी भएको थाहा पाएपछि गायक रविन लामिछाने उनको थप उपचार खर्च अभावका कारण रोकिन सक्ने खतरा भएको भन्दै सकेको सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।