२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोल्नै नसक्ने अवस्थामा बाल गायक सचिन परियार, टिचिङको आईसीयूमा उपचार जारी



अ+ अ-

काठमाडौँ । कुनैबेला सामाजिक सञ्जाल र युट्युबमा निक्कै नै चर्चामा रहेको नाम हो सचिन परियार । नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म उनलाई प्रयोग गराइएको थियो ।

एकाएक सामाजिक सञ्जालबाट हराएका सचिन अहिले सिकिस्त बिरामी रहेको खबर सार्वजनिक भएको छ । उनको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको जानकारी पाउनासाथ इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले थप आर्थिक सहयोगको आवस्यकता रहेको उल्लेख गर्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।

गुल्मीका सचिन केही समय सामाजिक सञ्जालमा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको ताँती नै लाग्यो ।
पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिन युट्युबमा मात्रै नभई ‘टिकटक’मा पनि चर्चित बने ।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन् । बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् ।

सचिन बिरामी भएको थाहा पाएपछि गायक रविन लामिछाने उनको थप उपचार खर्च अभावका कारण रोकिन सक्ने खतरा भएको भन्दै सकेको सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।