२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लास्टिक टनेलमा कालो लेउको समस्या



अ+ अ-

बलेवा । प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ ।

गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताउनुभयो । ‘‘टनेलमाथि चडेर सफा गर्न मिल्दैन्” उहाँले भन्नुभयो “प्लास्टिक सफा गर्ने प्रविधिको खोजी गर्न प्राविधिकलाई आग्रह गरेका छौँ ।’’ एक पटक सफा गरे छ महिना प्लास्टिक सफा रहने गरेको अनुभव शर्माले सुनाउनुभयो ।

जैमिनीमा रहेका अधिकांश प्लास्टिक घरमा कालो लेउको समस्या छ । किसानले भ¥याङको प्रयोग गरेर लेउ सफा गरे पनि अत्याधुनिक र ठूला टनेलहरुमा समस्या हुने गरेको छ । लेउ लागेको प्लास्टिकभित्र सूर्यको प्रकाश नपुग्ने र त्यहाँ लगाइएका बिरुवा नबढ्ने तथा उत्पादन कम दिने गरेको अनुभव किसानसँग छ ।

‘‘पहिलो वर्ष फलेको जस्तो गालभेँडा दोस्रो वर्ष फलेन, मलपानीको समस्या होला भनेर खोजी गरेँ’’ अर्का किसान मदन आचार्यले भन्नुभयो,‘‘रोगकीराको सङ्क्रमणसमेत देखिन थालेपछि प्लास्टिकको लेउका कारणले हो भन्ने लागेको छ ।’’ लेउ सफा गरेको समय र लेउले भरिएको समयमा भएको फरक–फरक उत्पादनको अनुभव किसानसँग छ ।

किसानले कालो लेउको समस्याबारे कृषि ज्ञान केन्द्र बागलुङलाई पनि जानकारी गराएका छन् । उत्पादनमा असर गरेपछि ज्ञानकेन्द्रका र नगरपालिकाका कृषि प्राविधिकलाई जानकारी गराइएको फलाँटे कृषि सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलले बताउनुभयो । किसानका समस्याबारे जानकारी भए पनि तत्कालै साधानको उपाय नभएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । ‘‘सफा गर्ने मेसिनको खोजे सहयोग गर्छौ भनेका छौँ’’ उहाँले भन्नुभयो,‘‘फोहोरा लगाएर प्लास्टिक सफा गर्न सके किसानको समस्या समाधान हुन्छ ।’’

लेउका कारण टनेल बनाइएको प्लास्टिकको आयुसमेत घटेको किसानको गुनासो छ । पाँच÷छ वर्ष पहिले यस्तो समस्या नभए पनि पछिल्लो समय आँफूहरुले प्लास्टिक फाट्ने, च्यातिने गरेको समस्या व्यहोरेको किसान लक्ष्मी शर्माले बताइन् । जैमिनीमा किसानले प्लास्टिक घरभित्र तरकारी उत्पादन गर्दै आएका छन् । विभिन्न प्रजातीका च्याउसमेत किसानले प्लास्टिक घरभित्रै उत्पादन गर्दै आएका छन् ।