३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मुसहर समुदाय समस्यामा

मुसहर समुदाय समस्यामा
फाईल फोटो
अ+ अ-

जनकपुरधाम । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासाका वीरेन्द्र सदाको परिवार समस्यामा परेको छ ।

उनीहरु बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न आग्रह गरेसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार चिन्तामा डुबेको हो ।

“वर्षाँैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, सदाले भन्नुभयो, “अहिले आएर साहले बाटोका लागि जग्गा खाली गर्नुप¥योे भन्दै धम्की दिन थाल्नुभएको छ, नगरपालिकास्थित न्यायिक समितिमा पनि उजुरी दिनुभयो, त्यसैले समस्यामा परेका छौँ ।” अब यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उहाँको दुःखेसो छ ।

“आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले जुरीपाची नदी उकास जग्गामा फुसको छाप्रो बनाइ बस्दै आएका छौँ”, सदाले भन्नुभयो, “अहिले आएर साहले जग्गा आफ्नो भन्दै खाली गराउन न्यायिक समितिमा उजुरी हालेपछि भोक र निद्रा नै हराएको छ ।” अहिले त्यही त्रासका कारण भोक पनि लाग्दैन, निद्रा पनि हराइसकेको छ उहाँको दुःखेसो छ ।

“मेरो हजुरबुवा पनि यही जग्गामा घर बनाएर जीवन बिताउनुभयो, बुवा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो”, ४५ वर्षीय सदाले भन्नुभयो, “हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौँै, तर अहिले अचानक आएर साहले जग्गा खाली गराउन अघि बढेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।” पछिल्लो समय केही दिनयता साहले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ ।

“योे जग्गामा कहिलेदेखि हजुरबुवा बस्नुभयो भन्ने हामीलाई नै थाहा छैन”, डाक्नेश्वरी नगरपालिका–१ कबिलासकै सञ्जय सदाले भन्नुभयो, “तर जग्गा खाली गराउने भन्दै साह न्यायिक समितिलाई गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नुपरे कहाँ जाने र के खाने भन्ने रु चिन्तामा परेका छौँ ।”

“पुस्तौँदेखि यही बस्याँै, यही मजदुुरी ग¥याँै, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्”, बिरिन सदाले भन्नुभयो, “अहिले अचानक जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँ ।” विस्थापित हुनबाट जोगाइदिन सबैसँग उहाँले अपिलसमेत गर्नुभएको छ ।

ऐलानी जग्गाबाट मुसहर बस्ती खाली गराउन साह स्थानीय तहको न्यायिक समितिमा पुगेपछि वीरेन्द्र सदा, सञ्जय सदा र बिरिन सदामात्र होइन, पुस्तौँदेखि ऐलानी जग्गामा बस्दै आएका पाँच घर मुसहर समुदाय उठिबासको जोखिममा परेका छन् । आर्थिकरूपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहँुदा गाउँ नजिकैको जुरीपाची नदीबाट उकास भएको जग्गामा घर बनाएर बस्दै आएका छन् ।

साहले निवेदनको आधारमा न्यायिक समितिबाट पत्र आएपछि बल्ल आफूहरूले थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् । “पुस्तौँदेखि भोजचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरू पनि अडानमा छौँ”, ३७ वर्षीय बिरिन सदाले भन्नुभयो, “त्यसैले हामी पनि न्यायिक समितिमा प्रतिउत्तर जोड्ने तयारीमा छौँ, अन्तिमसम्म हामी पनि लड्छौँ ।” त्यसमा सबैको सहयोग चाहियो, उहाँको आग्रह थियो ।

यसरी आर्थिक बिपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरवा चरवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका सहजकर्ता नरेशकुमार सदाले बताउनुभयो ।

दलित समुदाय उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले दलित समुदायका हरवा चरवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको सहजकर्ता सदाको भनाइ छ । पुस्तौँ पुस्तादेखि बस्दै आएको मुसहर समुदायलाई उठिबास हुन नदिन आफूहरूले पनि सहयोग गर्ने स्थानीय गैर दलित समुदायका अगुवाहरूले समेत बताएका छन् ।

ऐन, कानुनले पनि कसैलाई उठिबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा मुसहर समुदायलाई उठिबास बनाउने योजनालाई आफूहरूले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय अगुवाहरूको कथन छ ।

डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख मीराकुमारी यादवले सो बस्तीको छेउमा स्थानीय रामनारायण साहको नाममा कित्ता नम्बर ४२ र १४३ नम्बरी जग्गा रहेको र सो जग्गासम्म पुग्न समस्या भइरहेको र अर्का स्थानीय हुकेश्वर साहले बाटो उपलब्ध गराइदिन जनाउँदै २०७९ असार २ गते नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको जानकारी दिनुभयो ।

निवेदन सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको जानकारी दिनुहुँदै उपप्रमुख यादवले दुवै पक्षको छलफलपश्चात निर्णय गरिने बताउनुभयो ।