५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसान बन्दै गाउँ



अ+ अ-

चौतारा । नेपाल चीनको सीमामा पर्ने सिन्धुपाल्चोकका अधिकांश बासिन्दा गाउँ छाडेर अमेरिका गएपछि गाउँ सुनसान बनेका छन् । भोटेकोसी गाउँपालिका वडा नं २, ३ र ४ का बासिन्दा अमेरिका गएका हुन् । बोक्चेन, छेताङ, टासीथाङ, यार्मासिङ, नारायणथान, फुल्पिङकट्टी र सेलाङकट्टीका बासिन्दा अमेरिका गएको वडा नं ३ का वडाअध्यक्ष निमासोना शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पले घरगोठ भत्किए, व्यापार गरेर जीवन धान्ने तातो पानी बन्द भयो, नाकाबन्दीको असरले सीमावासी तितरवितर भए, सीमा गाउँमा खेतीयोग्य जमिन छैन, उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोले पोके व्यापार हो, बोक्चेन र छेताङमा एक सय २० घर छन्, घरैपिच्छे मानिस अमेरिका पुगेका छन्, भूकम्पअघि सीमाका केही मानिस मात्रै अमेरिका गएका थिए, उनीहरू धेरैजसो रोजगारी र केही लामाविद्या पढ्न गएका हुन् ।”

गोरेटो बाटोसमेत नभएको बोक्चेन र छेताङमा स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकालमा एकजना जनप्रतिनिधि पनि पुगेनन् । बोक्चे निवासी वडाध्यक्ष शेर्पा पहिला गाउँघर र चौँरीगोठ पुग्ने राम्रो गोरेटो बाटो तयार पार्न लाग्नुभएको छ । नाका बन्द भएयता यहाँका बासिनदाले पशुपालन सुरु गरेका छन् । यतिले जीवन निर्वाह नहुने भएकाले विदेसिन बाध्य भएको उनीहरू बताउँछन् ।

वडाध्यक्ष शेर्पाका अनुसार सीमा क्षेत्रका झन्डै तीन सय मानिस अमेरिका पुगेका छन् । त्यतिकै सङ्ख्यामा खाडीमूलुक पुगेका छन् । अहिले बोक्चेन, छेताङ, यार्मासिङ र टाँसिथाङ गाउँका घरैपिच्छे एकजना अमेरिकामा रहेको बताइएको छ । अमेरिका बस्नेले राम्रो आम्दानी गर्ने भएकाले परिवारका धेरैजसो काठमाडौँमा बस्छन् ।

भूकम्पअघि अमेरिका गएका दाजुभाइ र आफन्तले नाकाबन्दीपछि धेरैलाई अमेरिकामा डाकेर रोजगारी दिलाएका छन् । दाजुभाउजू र भतिजासहित परिवारका चार सदस्य अमेरिकामा रहेको जानकारी दिँदै टाँसिथाङका ग्याल्साङ शेर्पाले सीमा क्षेत्रका घरैपिच्छे मानिस अमेरिकामा रहेको बताउनुभयो ।

“नाकाबन्दी हुनुभन्दा पहिलादेखि नै सीमाका शेर्पा समुदाय धेरैजसो अमेरिकामा छन्”, उहाँले भन्नुभयो, “भूकम्पपछि अमेरिकामा नभइ खाडी मुलुकमा जाने चाँही बढेका छन् ।” व्यापार सुकेको र खेती किसानी पनि राम्रो नभएकाले सीमाका बासिन्दा विदेशिएको उहाँ सुनाउनुहुन्छ ।




भर्खरै