३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनमा कोरोनाको डरलाग्दो अवस्था, अस्पतालमा शय्या पाउन मुस्किल

चीनमा कोरोनाको डरलाग्दो अवस्था, अस्पतालमा शय्या पाउन मुस्किल
अ+ अ-

एजेन्सी

बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । सयौं मानिस मरिरहेका छन् । चिहान र शवदाह स्थल अगाडि मानिसको भीड छ । तर चीनले कोरोनाका केसहरू लुकाउन खोजिरहेको छ।

चीनले त्यहाँ कोरोनाका गम्भीर केसहरू नभएको बताए पनि चीनबाट बाहिरिएका तस्बिरहरूले अर्कै कथा बताउँदैछन्। चीनको अस्पतालबाट भिडियोहरू आएका छन्, जसमा बिरामीहरूको लागि कुनै ठाउँ छैन। डाक्टरहरूले मानिसहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छन्।

भुइँमै भेन्टिलेटर

चीनको एउटा भिडियोमा डाक्टरहरूले बिरामीको छाती भुइँमा थिचेको देखाइएको छ। यससँगै शय्याको अभावमा अन्य धेरै बिरामी भुइँमा लडिरहेका छन् । बिरामीहरूलाई चिसो भुइँमा नै भेन्टिलेटरमा जडान गरिएको छ।

भिडियो चीनको चोङकिङ सहरको एउटा अस्पतालको रहेको बताइएको छ । चीनबाट बाहिरिएका तस्विरहरूले कोरोनाको ओमिक्रोन भेरियन्टको भयावह अवस्थाको प्रमाण दिन्छ।

किन बढ्दै छ कोरोना ?

वास्तवमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा शून्य कोभिड नीति लागू गरेका थिए। यसअन्तर्गत मानिसहरूलाई घरबाट बाहिर निस्कन दिइएको छैन।

त्यसलाई खारेज गर्न जनताको बारम्बार माग थियो । डिसेम्बरको प्रारम्भिक हप्तामा चीनमा कुनै तयारीबिना शून्य कोभिड नीति खारेज गरियो।

अधिकांश मानिस यस्ता छन् जसलाई खोपको बुस्टर डोज दिइएको छैन। तीमध्ये ठूलो संख्यामा वृद्धवृद्धा छन् । अचानक गरिएको खुकुलोपनले ठूलो मात्रामा मानिसहरूको आवागमन बढ्दा कोरोनाका केसहरू बढेको छ।

चिनियाँ सरकारले मानिसहरूलाई महिनौँसम्म घरमै थुनेर राखेको थियो। अहिले अचानक आवागमनमा खुकुलो बनाइएको छ । कोरोना बढ्दै गएको छ तर चिनियाँ सरकारले जनतालाई आफ्नो काममा जान आग्रह गरिरहेको छ । वुहु, चोङकिङ र गुइयाङ सहर र झेजियाङ प्रान्तका सरकारी कर्मचारीहरूलाई काममा फर्किन निर्देशन दिइएको छ।

हल्का र लक्षणबिनाका बिरामीहरूलाई सुरक्षा उपकरणका साथ काममा फर्कन आदेश दिइएको छ। चिकित्सा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरू साइटमै बसिरहेका छन्। उनीहरुलाई घर जान दिइएको छैन ।

चीनले रिपोर्ट जारी गर्न बन्द गर्यो

चीनमा कोरोनाको ओमिक्रोन भेरियन्टको द्यँ।ठ सबभेरियन्टले कहर मच्चाएको छ। यो भेरियन्ट यति खतरनाक छ कि एक संक्रमित व्यक्तिले १० देखि १८ जनालाई संक्रमित गर्न सक्छ।

एकातिर विज्ञहरूले यसबारे चेतावनी दिइरहेका छन् भने अर्कोतर्फ चीनले संक्रमितको तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ ।

चीनमा अनिवार्य कोरोना परीक्षण खारेज गरिएको छ, जसका कारण संक्रमितको यकिन तथ्याङ्क थाहा हुन सकेको छैन । तर प्रतिवेदनका अनुसार अझै पनि दैनिक १० हजारभन्दा बढी केस रिपोर्ट भइरहेका छन् ।