६ श्रावण २०८३, बुधबार
,
Latest
टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानको नाम विश्वका महान अभिनेताहरूको सूचीमा



अ+ अ-

एजेन्सी । एम्पायर म्यागजिनले सर्वकालीन महान अभिनेताहरूको ५० जनाको सूची जारी गरेको छ । उक्त सूचीमा बलिउडबाट शाहरुख खानमात्र अटाएका छन् ।

म्यागजिनले शाहरुखका कैयौं फिल्मको प्रशंसा गरेको छ । जसमा ‘देवदास’, ‘माइ नेम इज खान’ ‘कुछ कुछ होता है’ र ‘स्वदेश’मा ‘किंग खान’को चरित्रलाई हाइलाइट गरिएको छ । शाहरुखले फिल्म ‘दीवाना’बाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो फिल्मले नै उनलाई बलिउडको ‘बादशाह’को रुपमा परिचित बनाएको थियो ।

यस सूचीमा हलिउड अभिनेता डेनजेल वाशिंगटन, टम ह्यान्क्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप, ज्याक निकोल्सन लगायत छन् । शाहरुखको फिल्म ‘पठान’ २५ जनवरीमा सिनेमाघरमा रिलिज हुँदैछ । यस फिल्ममा उनीसँगै दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।