२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दकोठामा आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे सहमति भए कांग्रेसले बोक्दैन– गगन थापा



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार निर्माण र राष्ट्रपतिबारे बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री र राष्ट्रपतिका विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला उहाँले बुधबार यस्ता विषयमा पार्टीले संस्थागत निर्णय गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।

“सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस बाँधिन्छ । तर बन्दकोठामा गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन”, थापाले चेतावनी दिँदै भन्नुभयो ।

बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी हुनुभएको थियो । प्रत्यासी थापाले २५ मत ल्याउनुभएको थियो ।