१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता राजकिशोर यादव यादव-भट्टराई पक्षतिर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव उपेन्द्र यादव–बाबुराम भट्टराईपक्षतिर लागेका छन्। नेता यादव महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष छोडेर शनिवार उपेन्द्र–बाबुरामपक्षको बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकमा सहभागी भएर समर्थन जनाएका थिए। जसपामा विवाद हुन थालेपछि एक बनाउन क्रियाशील समेत रहेका यादव अन्ततः उपेन्द्र–बाबुरामतिरै खुलेका हुन्। 

उपेन्द्र–बाबुरामपक्षको कार्यकारिणी समितिको बैठकमा सहभागी भएर यादवले महन्थ ठाकुरलाई साथ दिननसक्ने जानकारी गराएका थिए। बैठकपछि यादव शनिवार बेलुका ठाकुरलाई भेट्न उनकै निवास हात्तिवन पुगेका थिए। यसअघि यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा १३ दिन मन्त्रीसमेत भएका थिए। सर्वोच्च अदालतले ओलीको मन्त्रिपरिषद विस्तारलाई खारेज गरेपछि मन्त्री पदबाट हटेका थिए। जसपा विवादमा पछिल्लो समय उपेन्द्र–बाबुरामपक्षले आधिकारिकता पाउने संकेत पाएपछि यादवले महन्थ–राजेन्द्रपक्षलाई छोडेका हुन्।

यादव पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनाअधिकार फोरमबाट सिराहबाट प्रत्यक्ष निर्वाचित भएका थिए। यादव गत २०७४ सालको निर्वाचनमा सिराह क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।