३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शक्ति बाँडफाँट विषयमा गठबन्धन बैठक बस्ने तयारी

शक्ति बाँडफाँट विषयमा गठबन्धन बैठक बस्ने तयारी
फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनबीच निर्वाचनपछि शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता पाँच दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएसँगै शक्ति बाँडफाँटका विषयमा विषयमा छलफल गर्न बैठक राख्ने तयारी भएको हो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमार झाँक्री र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँगको कुराकानीमा नेपाली कांग्रेस संसदीय दलको नेताको परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बुधबार साँझ नै बैठक बस्न सक्ने जानकारी दिनुभएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताउनुभयो ।

झाँक्रीका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदका लागि कांग्रेस संसदीय दलको निर्वाचन परिणामलगत्तै बैठक बस्ने छ । यसअघि सांसदहरुको शपथ ग्रहणपछि मात्र शक्ति बाँडफाँटको विषयमा छलफल गर्ने तयारी थियो । सांसदहरुको शपथ पुस ७ गते अर्थात बिहीबार तोकिएको छ ।