२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्वीटरको सीईओ पद छाड्ने एलन मस्कको घोषणा



अ+ अ-

एजेन्सी । ट्विटरका प्रमुख एलन मस्कले बुधबार कम्पनीको सीईओ पदबाट राजीनामाको घोषणा गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्– ‘यो पदमा कुनै मूर्ख भेटिएपछि म यस पदबाट राजीनामा दिनेछु । त्यस पछि, म सफ्टवेयर र सर्भर टोलीहरू मात्र व्यवस्थापन गर्नेछु ।’

उनले डिसेम्बर १९ मा प्रयोगकर्तालाई आफ्नो पदमा निरन्तरता दिने कि छाड्ने रु भन्नेबारे राय लिन भनेका थिए ।

पोलमा ५७।५ प्रतिशत प्रयोगकर्ताले ‘हुन्छ’ र ४२.५ प्रतिशतले ‘हुँदैन’ जवाफ दिएका छन् । मतदानमा १।७५ करोड मानिसले भाग लिएका थिए । एक करोड ६२ हजार जनताले मस्कले राजीनामा दिनुपर्ने बताएका थिए ।

उनले यो मतगणनाको नतिजा जे आउँछ, त्यसलाई पालना गर्ने लेखेका छन् । अधिकांशले पद छाड्न आग्रह गरेका थिए ।

एलोन मस्कले अक्टोबरमा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । ट्विटरको जिम्मेवारी लिएपछि एलोन मस्क कम्पनीमा ठूलो परिवर्तन गर्न व्यस्त छन् । केही दिनअघि पहिलो चरणमा करिब ३ हजार ७ सय कर्मचारीलाई उनीहरुले निकालेका थिए ।