३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी
अ+ अ-

काठमाडौं । तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो ।

नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ । मुलुकको आगामी दिशा मार्गनिर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ ।

प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच हुने चुनावी प्रतिस्पर्धालाई दलभित्र आन्तरिक जीवन र बाह्य राजनीतिक दृष्टिकोणबाट बेग्ला–बेग्लै ढङ्गले जोडघटाउ र विश्लेषण गरिएको छ । कांग्रेसको नेतृत्व चयनका लागि अहिले केहीबेरमै मतदान सुरु हुनेछ । सिंहदरबार परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार भएको निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको थियो ।

निर्वाचनको अन्तिम नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीका लागि यही पुस १० गतेभित्र दाबी पेस गर्न सात दिनको समयसीमा प्रदान गरी यसअघि नै आह्वान गरिसक्नुभएको छ । राष्ट्रपतिको उक्त आह्वानपछि राजनीतिक दलले आ–आफ्नो दलभित्र संसदीय दलको नेता चयन गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

निर्वाचनको पछिल्लो नतिजाले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई मिलेर सरकार चलाउन सन्देश प्रदान गरेकाले पनि स्वभाविकरूपमा ठूलो राजनीतिक पार्टीका हैसियतले कांग्रेसले अरु राजनीतिक दलसँग संवाद सुरु गरेको छ । दोस्रो ठूलो शक्ति नेकपा ९एमाले० पनि अङ्क गणितीय जोडघटाउका साथ सहकर्मी राजनीतिक दलसँग छलफल र परामर्शमा रहेको छ । नवनिर्वाचित सांसदको शपथको तयारी र सरकार गठनलगायतका कारण प्रमुख नेताहरूबीच हुने छलफल र भेटवार्ता तथा नवनिर्वाचित सांसदहरू आउने क्रम बढेकाले सिंहदरबार परिसरको सरगर्मी निकै बढेको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका कार्यालय पनि यहीँ नै भएका कारण सिंहदरबार क्षेत्रमा आज बिहानदेखि चहलपहल र आवतजावत बढेको छ । रासस