२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलको अन्तिम नामावली ५ः४५ बजे नै प्रकाशन हुन्छः भीष्म आङ्दम्बे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरुको उम्मेदवारी परेको बताउनुभएको छ ।

काँग्रेस निर्वाचन कार्यालयले दिएको समयभित्र पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिनुभएको बताउनुभएको हो । उहाँले दाबीबिरोधपछि आज ५ः४५ बजे नै अन्तिम नामावली प्रकाशन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई जनाको उम्मेदवारी परेको छ, पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापा हुनुहुन्छ । हामी अन्तिम नामावली ५ः४५ बजे प्रकाशित गर्नेछौँ । भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुन्छ ।’

संसदीय दलको मतदान बुधवार बिहान ८ देखि १० बजेसम्म हुनेछ ।