२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुथक्याप्चर भएको भन्ने थाहा हुँदाहुँदै दोहोर्याएर निर्वाचन गरिएनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने निकायको भूमिका निष्पक्ष र प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौँमा पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विजय, बधाई र उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन गराउने निकायहरुले कानुनसम्वत र कर्तव्यनिष्ठ रुपमा निर्वाचन सम्पन्न गरे भन्ने अवस्था नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष र प्रभावकारी हुन सकेन । कानुनसम्वत र कर्तव्यनिष्ठ रुपमा निकायले निर्वाभन सम्पन्न गराए भन्न सक्ने अवस्था रहेन । धाँधली र बुथक्याप्चर भएको प्रमाणहरु रहँदारहँदै दाहोर्याएर निर्वाचन गरिएन ।’

नेपालजस्तो देशमा ९८ प्रतिशत मत खस्नु र मरेका मानिसले भोट हाल्ने र विदेशमा भएकाहरुको समेत भोट हालियो भन्दै उनले आपत्ति जनाए । यस्ता कुराहरुलाई रोक्न सकिएन भने लोकतन्त्रप्रति जनताको विश्वास घट्दै जाने ओलीको भनाई छ ।