३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

संसदीय दलमा अर्को नेताको प्रस्तावक बन्नु देउवाका लागि सम्मानजनक बहिर्गमनः महामन्त्री शर्मा

संसदीय दलमा अर्को नेताको प्रस्तावक बन्नु देउवाका लागि सम्मानजनक बहिर्गमनः महामन्त्री शर्मा
file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज (मंगलवार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताउनुभएको हो ।

उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताउनु भयो । उहाँले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताउनु भयो ।

महामन्त्री शर्माले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रश्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताउनु भयो । उहाँले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रश्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताउनु भयो ।

महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पार्नुभयो । उहाँले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाउनु भयो । उहाँले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रश्तावित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ । उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन् । कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा शुरु भएको हो । उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन् । यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ ।’

‘उहाँको सम्मानजनक बहिर्गमन हुनेछ । यदी उहाँले जनजातीबाट प्रकाशमान सिंह, प्रतिष्पर्धी डा। शेखर कोईराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधी, बिपीको छोरालाई दिन्छु भनेर डा। शशांक कोईराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन् । प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजि छ, त्यो भन्दा धेरै खोजि देशलाई अभिभावकको छ ।’

‘सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न लाग्नुभयो, अभिभावक बन्न कोही लाग्नुभएन । पार्टीको महामन्त्री छु, मन्त्री हुने हक म राख्छु तर मलाई अहिले पार्टीको काममा ध्यान दिन जरुरी छ । हामीले त्याग गर्न सकेका छौँ भने ५ पटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ । आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रुपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रश्तावकको रुपमा हेर्न पाइनेछ । म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रश्तावक बन्न उभिनेछु ।’

महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताउनु भयो । उहाँले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनु भयो ।

उहाँले अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आएपनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताउनु भयो । उहाँले नेकपा माओवादीले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले आफ्नै पार्टीको सभापति, माओवादीको अध्यक्ष, एकीकृत समाजवादीको अध्यक्षलाई पनि अपिल गर्नुछ की चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकंक्षाको जगमा अर्को गठबन्धनको खोजि गर्ने कर्म हामी कसैले गर्नु हुँदैन । विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ, त्यसैले सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्छ । अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्गै रुपमा उभिनु हुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रुपमा लिँदैनौँ । प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन । पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ । आलोपालोको विकल्प छैन ।’

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो । उहाँले श्रमीकको बीमा अभियानका नाममा राष्ट्रव्यापी बीमा अभियान चलाउन जरुरी रहेको बताउनु भयो ।