२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस संसदीय दलको नेतामा नेपाल चयन



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।

सोमवार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रश्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वालालाई चयन गरेको बताउनु भयो ।

महासचिव भुसालले पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको पनि बताउनु भयो । उहाँले गठबन्धनको सरकारमा जाने निर्णय पार्टीले गरेपनि कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैंठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसहमतिले संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेका छौं ।

त्यस्तै,संसदीय दलको नेताको सचेतक पनि तोक्नुभएको छ । सचेतकमा पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई तोकिएको छ । सरकारमा जाने विषयमा छलफल भएको छैन । हिजो मात्रै पार्टी सचिवालयको बैंठक बसेका छौं । बैठकले अहिलेकै गठबन्धनलाई अगाडि बढाएर जाने पक्षमा छौं । गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ । त्यो निर्णयलाई संसदीय दलको बैठकले समर्थन जनाएको छ । सरकारमा जाने पक्षमा छौं ।’

महासचिव भुसालले आईतवार पार्टीको सचिवालय बैठकले गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरुसँग पनि छलफल गरेर सरकारमा जाने निर्णय गरेको बताउनु भयो ।