२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको जितपछि केरलामा झडप, तीन जनामाथि चक्कु प्रहार



अ+ अ-

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्यो ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।

जितको विश्वभर उत्सव मनाइयो । भारतका मानिसहरूले पनि यो खेलको आनन्द लिए । खेलपछि अर्जेन्टिना र मेसीका फ्यानले पनि जितको खुसी मनाएका थिए । केरलामा अर्जेन्टिनाको जितको खुसीयाली मनाइयो । तर, यस अवधिमा हिंसात्मक घटनाहरू पनि बाहिर आएका छन् ।

केरलाको कन्नूरमा फ्रान्स र अर्जेन्टिनाका समर्थकबीच झडप भएको छ । यस क्रममा तीन जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । झडपका क्रममा चक्कु प्रहार समेत गरिएको थियो ।

प्रहरीका अनुसार घटना पल्लियामुला नजिकै भएको हो । अर्जेन्टिनाका फ्यानहरूले फ्रेन्च फ्यानलाई गाली गरे, जसको परिणाम हिंसामा बदलियो । प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अर्जेन्टिनाको जितपछि खुसीयाली मनाउने मानिसहरूलाई सम्हाल्ने क्रममा दुई प्रहरी अधिकारीमाथि आक्रमण समेत भएको थियो ।

कार्यक्रमस्थलमा हड्ताल मच्चाउने दुई युवालाई हटाउने क्रममा हवल्दारमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार कोल्लममा एक १७ वर्षीय युवक अक्षय कुमारको स्थानीय स्टेडियमबाट अर्जेन्टिना प्रशंसकहरूको विजय र्यालीको क्रममा मृत्यु भएको छ ।