५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोका कारण दम र निमोनियाका बिरामी बढे



अ+ अ-

दोधारा चाँदनी । पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ ।

चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

“चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ”, उहाँले भन्नुभयो, “गत मङ्सिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए् ।” गत महिना उक्त अस्पतालमा दुई हजार बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए भने चार हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उहाँले बताउनुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गर्नुभयो । “चिसोमा बढीजस्तो दम, निमोनिया, प्रेसर र मृगौलाका बिरामीलाई समस्या हुन्छ”, उहाँले भन्नुभयो, “चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ खाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ ।”

“चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बूढापाकामा बढी समस्या बल्झिने हुन्छ”, डा भटृले जोड दिनुभयो, “चिसोमा मष्तिस्काघात हुने सम्भावना हुने भएकाले बिरामीले नियमित औषधि सेवन गरिराख्नुपर्छ ।” चिसो बढेपछि कञ्चनपुरका निजी स्वास्थ्य संस्थामा समेत मौसमी बिरामीको सङ्ख्या बढ्न थालेका छन् ।