५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानका धान खरिद गर्दै सरकार



फाईल फोटो
अ+ अ-

दोधारा चाँदनी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताउनुभयो ।

कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । “गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेका थियौँ यो वर्ष नौ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म एक सय ५१ क्विन्टल धान खरिद गरिसकेका छौँ भने बाँकी धान आउनेक्रम जारी छ ।” उहाँले सरकारले धानको मूल्य समयमै तोकेको भए पनि निर्वाचनलगायतका कारणले ढिलो भएको बताउनुभयो ।

यता किसानले भने आफूहरु विगतदेखि नै मारमा पर्ने गरेको गुनासो गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–६ का हरिकृष्ण भट्टले सरकारले समयमै धान खरिद नगर्दा किसानलाई भण्डारण गर्न समस्या हुने गरेको बताउनुभयो ।

“सरकारले समयमा खरिद गर्दैन किसानबाट व्यापारीले धान सस्तोमा खरिद गरेर महँगोमा बेच्छ”, उहाँले भन्नुभयो, “हामीसँग भण्डारण गर्ने क्षमता हुँदैन धान बिग्रिने सम्भावना हुन्छ ।” उहाँले सरकारले बिचौलियालाई निरुत्साहित गर्न पनि किसानको धान समयमै खरिद गर्नुुपर्ने बताउनुभयो ।

त्यसैगरी अर्का किसान सेटसिंह रानाले सरकारले धान भित्र्याउने बेला नै धान खरिद गर्दा किसानलाई फाइदा पुग्ने बताउनुभयो । “धान बिक्री गरेर आएको पैसाले हामीले गहुँखेती गर्नुपर्छ सरकारले धेरै ढिलोगरी धान खरिद गर्छ”, उहाँले भन्नुभयो, “बाहिर मिलमा बेच्दा हामीले मूल्य पाउँदैनौँ ।”

कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमासमेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ । सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ ।