२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अवतार २’ हेर्न गएका भारतीय युवकको निधन



अ+ अ-

एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ ।

१२ वर्षपछि सिक्वेल रिलिज भएको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । यसैबीच, भारतमा फिल्म रिलिजको क्रममा अप्रिय घटना घटेको छ । ‘अवतार २’ हेर्न गएका एक युवकको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आन्ध्र प्रदेशका लक्ष्मी रेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो । भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए ।

उनी फिल्म हेर्दै गर्दा बेहोस भएर भुइँमा लडेका थिए । उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । उनलाई हृदयाघात भएको जनाइएको छ । उनी उच्च रक्तचापको बिरामी थिए । मृतकको श्रीमती, एक छोरा र छोरी छन् ।

जेम्स क्यामरुनद्वारा निर्देशित यस फिल्मले भारतमा दुई दिनमै १०० करोडभन्दा बढीको व्यापार गरेको छ ।