१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज बुझाउँदैछ । आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो ।

निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त इश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद भण्डारी लुम्बिनी, सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली र आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिममा प्रतिवेदन बुझाउनेछन् ।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् । आयोगले अन्तिम परिणाम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्नेछ । आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिसकेको छ ।