२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । कारागारमा रहेका जसपा नेता रेशम चौधरी  हेड-काउन्टमा सहभागी हुन निर्वाचन आयोग गएका छन् ।

यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएपश्चात आयोग पुगेका हुन् । 

निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । 

हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने खुल्नमा आएको छैन ।