२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सार्वभौम संसदको अपमान गर्यो



अ+ अ-

चालु आर्थिकवर्षको वजेट वक्तव्यमा उल्लेखित खानेपानी, पर्यटन र शहरी विकास तर्फका रु १ करोड, सिचाई र नदी नियन्त्रणका रु २ करोड र सडकका रु ५ करोड सम्मका आयोजनाहरु प्रदेशमा र रु ५० लाख सम्मका खानेपानी, पर्यटन र शहरी विकासका आयोजनाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्थालाई सार्वभौम संसदले अनुमोदन गरको हो ।

प्रदेश र स्थानीय तहमा हस्तान्तरित यी आयोजनालाई प्रदेश र स्थानीय तहले आफनो वजेटमा समावेश गरी कार्यान्वयन तहमा लगेको अवस्था समेत छ । ठेक्का प्रक्रिया अगाडि वढेको छ । वजेट वक्तव्यमा उल्लेखित सार्वभौम संसदले अनुमोदन गरेर प्रदेश र स्थानीय तहमा हस्तान्तरित यी आयोजनाहरुलाई नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरेर पुन केन्द्रमा नै फिर्ता ग-यो भन्ने जुन समचारहरु आएको छ ।

संसदको निर्णयलाई क्याविनेटले उल्ट्याउनु विल्कुल गैरसंवैधानिक निर्णय त हुदै हो । सार्वभौमसंसदको समेत अपमान हो । संविधान र संघीयता विरोधीे निर्णय सच्चाउनका लागि म सरकार समक्ष अनुरोध गर्छु ।

संघीय सरकारले अन्तर प्रादेशिक र रणनीति महत्वका ठूला-ठूला , प्रदेशले अन्तरपालिका स्तरीय र स्थानीय तहले स(साना कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्ने संविधानको भावना र आशय हो । संविधानको भावना र आशयको पूर्ण पालना गरौ । संविधानप्रदत, अधिकार क्षेत्रलाई मिच्ने काम पनि नगरौ ।

राष्ट्रिय सभा सदस्य डा.खिमलाल देवकोटाकाे  फेसवुकबाट

 




भर्खरै