२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारीकता यादव पक्षलाई



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई प्राप्त भएको छ । 

सोमबार निर्वाचन आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा सनाखतका लागि बोलाएको थियो । 

बहुमतको सनाखत भएपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको हो । 

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। यता रेशम चौधरी भने तटस्थ बसेका थिए ।