काठमाडौं । जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ ।
बहुमतको सनाखत भएपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको हो ।
यता आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।
१६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको हो ।