२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मथलो कास्की पुगेर प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् ।

बुधबार आफ्नो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्न सक्ने बताएका हुन् ।

आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्न पनि सक्ने प्रचण्डको भनाई थियो ।

उनले भने, ‘मैले पहिलोपटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडेँ । दोस्रोपटक मधेशबाट लडेँ । त्ययसपछि चितवनबाट लडेँ । अहिले गोरखाबाट चुनाव जितेर आएको छु । समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’