२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीसँग यी कुराहरू मिसाएर पिउने गर्नुस्, हुन्छन यस्ता रोग च्वाट



अ+ अ-

काठमाडौं । ब्यास्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ ।

यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सकिन्छ ।

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक पार्ने उपायहरू बताएका छन् ।

दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् ।

अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् ।

यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् ।

तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।

हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस् ।

आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस् ।

दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् ।

एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।

दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् ।

एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।

दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।