२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाईजोविरुद्धको कसुर लागेका पंकज चौधरी पक्राउ



अ+ अ-

दाइजो नदिएको निहुँमा आफ्नी श्रीमतीलाई यातना दिई घर निकाला गरेको आरोपमा डा पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पंकजकी श्रीमती नेहा चौधरीले दाइजोविरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । नेहाले यसअघि गत कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसासम्बन्धी उजुरु दर्ता गराएकी थिइन् । त्यतिबेला पनि प्रहरीले पंकजलाई तीन दिन थुनेको थियो ।

प्रहरीले दाइजोविरुद्धको कसुरमा कारबाही चलाउन अनुसन्धान गरिरहेको जनाएको छ । अहिले पंकज जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा छन् ।

पंकज र नेहाबीच तीन वर्षको प्रेमपछि गत फागुनमा विवाह भएको थियो । नेहा महोत्तरीकै औरही नगरपालिका–१ की बासिन्दा हुन् । उक्त विवाहमा नेहाको परिवारले नगद र सुनचाँदी गरी एक करोड २५ लाख खर्च गरेको बताइएको छ ।

तर विवाह भएको चार महिनापछि नै पंकज र नेहाबीच खटपट सुरु भएको थियो । नेहाका अनुसार पंकजले काठमाडौँमा घर किनिदिन भन्दै कुटपिट र यातना दिँदै आएका थिए ।