२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गर्नु भएको छ ।

व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने उहाँको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार हनन् हुन नदिने काममा खवरदारी गर्न सम्बन्धित पक्ष बढि सक्रिय हुनुपर्ने समेत स्पष्ट पार्नु भयो । उहाँले हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कुनै पनि किसिमले मानव अधिकार हनन् नहोस् भनेर व्यवसायीहरुले पनि जिम्मेवार हुनु पर्यो । उनीहरुले पनि मानव अधिकारको सम्मान गर्नु प¥यो । कानुन बमोजिम गर्नु प¥यो । कानुनभन्दा बाहिर जानु भएन । सरकारले पनि व्यक्तिको मानव अधिकार हनन् भएको छ भने त्यसतर्फ विजनेश हाउसहरु पनि सतर्क हुनु प¥यो । हामी सिविल सोसाईटी भईहाल्यौ । मानव अधिकार हनन् हुन नदिन मानव अधिकारबादीहरुले पनि खवरदारी गर्नु प¥यो ।’

अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुने दोहो¥याउनु भयो । उहाँले व्यवसायीहरुले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको पनि स्मरण गराउनु भयो ।