५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपमा सट्टेबाजी गराउने व्यक्ति पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । प्रहरीले फिफा विश्वकप २०२२ लगायतका विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने रसियन बेटिङ एप्लिकेशन ‘वान एक्स बेट’ मार्फत सट्टेबाजी गराउने व्यक्तिलाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका– १ घर भई हाल ललितपुर सानेपा बस्दै आएका २० वर्षीय आदर्श ठाकुर रहेका छन् । प्रहरीले एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने–गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको सुचनाको आधारमा सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न–गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिप्रका ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

ठाकुरले वान एक्स बेटमा सट्टाबाजी गराउन विगत ८ महिनादेखि सट्टेबाजी गर्ने एजेन्टको रुपमा कार्य गर्दै आएको पाइएको छ । उनले २ करोड २ लाख ८४ हजार ४४८ बराबरको रकम वालेटबाट रकमान्तरण गरेको प्रहरीले जनाएको छ । हालसम्म अनुसन्धानका क्रममा खुल्न आएका ४८५ वटा विभिन्न सेवा प्रदायकहरुका डिजिटल वालेटहरुको कारोवार रोक्का राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।