२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचखालका सुमन बेपत्ता



अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता छन्। गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएका छन् ।

पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । “सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु”, सम्झनाले भनिन।

खेती–किसानी गर्दै आउनुभएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए। उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन्। निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।