२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमपुर्वानुमान: यी स्थानमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने,  प्रदेश नं १ तथा बागमती प्रदेशका एक/दुई स्थान  र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ ।

महाशाखाले भारी वर्षा हुने देशका पहाडी  भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको जानकारी दिएको छ भने हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। साथै, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।