२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१८ एशियाली रग्बीः पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी



अ+ अ-

काठमाडौँ । पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यु–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आईतवार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्याण्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौति २६–५ ले समाप्त पार्यो । मलेसियाले थाइल्याण्डलाई १९–७ ले हराउँदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एशिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।