३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै ठगि गर्ने ८ जना पक्राउ(भिडियोसहित)

आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै ठगि गर्ने ८ जना पक्राउ(भिडियोसहित)
अ+ अ-

काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै व्यवसायीहरु बाट रकम असुल गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौका अनुसार उनिहरुले आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेका थिए ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

पक्राउ परेका राजीव विष्टको डेराबाट प्रहरीले आन्तरिक राजस्व कार्यालयको जस्तै छाप , लेटरप्याड, रसिद र परिचयपत्र बरामद गरेको छ ।
त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ठगी र कीर्ते गर्न नहुने गिरोहमा संलग्न ८ जना ब्यक्तिहरु पक्राउ :

मिति २०७९।०८।२३ गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. २६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचय-पत्र समेत लगाई आएका आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउने केहि व्यक्तिहरुले बिभिन्न होटल तथा रेष्टुरेन्टहरुमा राजस्व अनुगमनका लागि आएका हौं भनी काठमाण्डौ नयाँ बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुले बिभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नु पर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरी रहेको भन्ने सूचना प्राप्त भएको ।
तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसमेतको प्रहरी टोली परिचालन गरी उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरुलाई निम्न दशीसहित नियन्त्रणमा लिइएको ।
निम्न:
(क) पक्राउ परेका व्यक्तिहरू:
१. जिल्ला पूर्वी नवलपरासी हुप्सेकोट गा.पा. वडा नं ३ घर भई हाल का.जि बालाजु बस्ने बर्ष २९ को बिन बहादुर बि.क. ।
२. जिल्ला पाँचथर फिदिम न.पा. वडा नं १ घर भई हाल जिल्ला ललितपुर बस्ने बर्ष २२ की सृजना भट्टराई ।
३. जिल्ला अछाम बान्नीगढी गा.पा. वडा नं ६ घर भई हाल का.जि कोटेश्वर बस्ने बर्ष १९ को सागर जंग लुहार ।
४. जिल्ला सिन्धुपाल्चोक साँगागढीचोक न.पा. वडा नं ३ घर भई हाल सामाखुशी बस्ने बर्ष २३ की प्रमिशा तामाङ ।
५. जिल्ला अछाम बान्गढी जयगढ गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर बस्ने बर्ष २३ की दुधकला बि.क.।
६. जिल्ला नुवाकोट बेलकोटगढी न.पा. वडा नं १ घर भई हाल का.जि मनमैजु बस्ने बर्ष २१ की अञ्जना तामाङ ।
७. जिल्ला कञ्चनपुर बेतकोट न.पा. वडा नं ९ बस्ने बर्ष २४ को राजिब बिष्ट ।
८. जिल्ला कञ्चनपुर बेतकोट न.पा. वडा नं १० घर भई हाल का.जि थापाथली बस्ने बर्ष २५ को डेबिड धामी ।
(ख) जिल्ला कञ्चनपुर बेतकोट न.पा. वडा नं ९ बस्ने बर्ष २४ को राजिब बिष्टको साथबाट बरामद दशी:
१. आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प थान-२ ।
२. अनुगमन अधिकृत लेखिएको स्टाम्प थान-१ ।
३. हस्ताक्षर भएको स्टाम्प थान-१ ।
४. आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलिहरु ।
५.राजस्व सम्बन्धी किताबहरु ।
६. आन्तिक राजस्व कार्यालयको परिचयपत्र थान-७ ।
७. नगद रु. ८४,७३०।– (अक्षरेपी चौसासी हजार सात सय तीस मात्र) ।
ग) जिल्ला कञ्चनपुर बेतकोट न.पा. वडा नं १० घर भई हाल का.जि थापाथली बस्ने बर्ष २५ को डेबिड धामीको डेरा कोठाबाट बरामद दशी:
१. आन्तिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद-४९ ठेली ।
२. रोजगारी आवेदन फारमहरु, EMPLOYMENT AGREEMENT फारमहरु ।
३. आन्तिक राजस्व कार्यालय लेखिएको लेटर प्याडका पानाहरु ।
४. आन्तरिक राजस्व कार्यालय लेखिएको परिचय-पत्र तथा परिचय-पत्र झुण्ड्याउने डोरी ।
५. CPU थान-१ ।
६. D.R ACCOUNT AND TAX SOLUTION लेखिएको स्टाम्प थान-१ ।
उक्त घटनाको सम्बन्धमा प्रकरण (ख) र ग) मा बरामद दशी सहित प्रकरण (क) मा पक्राउ परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२१ को २४९ को ठगी गर्न नहुने कसूर तथा परिच्छेद-२५ को २७६ को कीर्ते गर्न नहुने कसूर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्यहरु :
१. बिगत ४ दिन देखि बसपार्क इलाकामा बिभिन्न होटल लज,पसलहरु तथा फुटपाथ पसलहरुबाट समेत बिभिन्न परिमाणमा रकम असुल गरेको भन्ने बुझिन आएको ।
२. पीडितहरुबाट प्राप्त रसिद र मोबाइल-पेबाट समेत गरी जम्मा ५,०८,६४०।- (अक्षरेपी पाँच लाख आठ हजार छ सय चालीस) सङ्कलन गरेको खुल्न आएको ।
३. हाल सम्म ४ जनाको लिखित जाहेरी पर्न आएको अन्य पीडितहरु सम्पर्कमा आउने क्रम जारी रहेको ।